देशभरकाे सुरक्षा अवस्थाबारे ब्रिफिङ लिन प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

देशभरकाे सुरक्षा अवस्थाबारे ब्रिफिङ लिन प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक



काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले आज दिउँसो ३ बजे बैठक डाकेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बस्ने बैठकमा कार्कीले सबै निकायका प्रमुखहरूसँग भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि छलफल गर्.न लागेकी हुन् ।

भोलि हुने निर्वाचनको तयारी र पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे सुरक्षा प्रमुखहरुले विफ्रिङ गर्ने छन् ।

भोलि हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थामा विशेष चासो राखेकी छन्।


प्रतिक्रिया दिनुहोस्