एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलबाट गरे मतदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलबाट गरे मतदान



काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गरेका छन्।

पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

उक्त केन्द्रबाट मतदान गर्ने उनी पहिलो मतदाता समेत बनेका छन्।उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट लगातार चुनाव जित्दै आएका प्रभावशाली नेता हुन्।

उनी यस क्षेत्रबाट वि.सं. २०६४ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन्। यसपटक पनि उनी सोही क्षेत्रबाट आफ्नो विरासत जोगाउने दाबीसहित चुनावी मैदानमा उत्रिएका छन्।


प्रतिक्रिया दिनुहोस्