रास्वपाका वरिष्ठ नेता बालेनले पनि खसाले भाेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्।
उनले आज बिहान ७:३० बजे काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बनाएको छ।
काठमाडौंमा मतदान गरिसकेपछि उनी आजै आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्र झापातर्फ लाग्ने उनको सचिवालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका बालेनको उम्मेदवारीलाई यसपटक निकै चासोका साथ हेरिएको छ।













