रास्वपा सभापति रवि लामिछानेले महांकालचौरबाट गरे मतदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रास्वपा सभापति रवि लामिछानेले महांकालचौरबाट गरे मतदान



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्।

लामिछानेले काठमाडौँ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने उपत्यका खानेपानी लिमिटेडको महांकालचौरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदानका लागि बिहानै केन्द्र पुगेका लामिछानेले आफ्नो मत खसालेपछि उनी आफ्नो चुनावी क्षेत्र चितवनतर्फ लाग्ने उनको सचिवालयले जनाएको छ।

रास्वपाले यस निर्वाचनमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य एजेन्डा बनाएको छ भने सभापति लामिछानेसहितका शीर्ष नेताहरूले विभिन्न क्षेत्रबाट नेतृत्व गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्