मतदान गर्ने क्रममा विवाद भएपछि दोलखामा हवाई फायर
काठमाडौं । दोलखामा मतदान गर्ने क्रममा विवाद भएपछि हवाई फायर भएको छ । दोलखाकाे मालु मतदानस्थलमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे । अहिले पनि सामान्य नाराबाजी भइरहेको छ












