मतदानपछि झापा उडेका बालेनकाे हेलिकप्टर अवतरण हुन सकेन, काठमाडौं नै फिर्ता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मतदानपछि झापा उडेका बालेनकाे हेलिकप्टर अवतरण हुन सकेन, काठमाडौं नै फिर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर खराब मौसमका कारण झापामा अवतरण गर्न नसकी काठमाडौं नै फर्किएको छ।

आज बिहान काठमाडौंमा मतदान गरेपछि नेता शाहसहितको ५ सदस्यीय टोली झापाका लागि प्रस्थान गरेको थियो। हेली एभरेस्टको ‘नाइन एन एओबी’ कल साइन भएको हेलिकप्टर बिहान ९:१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाका लागि उडेको थियो।

तर, झापाको आकाशमा पुगेपछि मौसम अचानक बिग्रिएकाले हेलिकप्टर अवतरण गर्न सम्भव भएन। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हेलिकप्टरलाई ‘डाइभर्ट’ गरी बिहान १०:१० बजे पुनः काठमाडौंमै सुरक्षित अवतरण गराइएको विमानस्थल कार्यालयले जनाएको छ। नेता शाह निर्वाचनको माहोल बुझ्न र कार्यकर्ताहरूलाई हौसला दिन झापा जान लागेका थिए।


प्रतिक्रिया दिनुहोस्