झापा–५ मा मतदाताको अभूतपूर्व उत्साहः साढे ३ घण्टामा २५ प्रतिशत मतदान
झापा । देशभर भइरहेको प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान साढे १० बजेसम्म यस क्षेत्रमा २५ प्रतिशत मतदान भइसकेको छ।
मुलुककै सबैभन्दा रोचक प्रतिस्पर्धा मानिएको यस क्षेत्रमा हालसम्म शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अगाडि बढिरहेको छ। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच कडा प्रतिस्पर्धा देखिएकाले पनि यसलाई विशेष चासोका साथ हेरिएको छ।
झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको लामो लाइन लागेको छ भने सुरक्षा व्यवस्थालाई समेत चुस्त बनाइएको छ।













