मतपत्र लुटिएपछि दोलखामा साढे ३ घण्टादेखि मतदान ठप्प, बुथ एजेन्ट सुरक्षित स्थानमा सारिए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मतपत्र लुटिएपछि दोलखामा साढे ३ घण्टादेखि मतदान ठप्प, बुथ एजेन्ट सुरक्षित स्थानमा सारिए



दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा उत्पन्न तनावका कारण रोकिएको मतदान कार्य अझै सुचारु हुन सकेको छैन। केही राजनीतिक दलका प्रतिनिधिहरूले नै मतपत्र लुट्ने प्रयास गरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो।

स्थिति तनावग्रस्त बनेपछि र निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपातको प्रयास भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका थिए। त्यसलगत्तै मतदान प्रक्रिया स्थगित गरिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार मतदान पुनः सुरु गर्ने प्रयास भइरहेको भए पनि हालसम्म सहमति जुट्न सकेको छैन।

मतपत्र लुटपाटको प्रयास भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले निर्वाचन अधिकृत, सुरक्षा निकाय र दलका प्रतिनिधिहरूबीच सर्वदलीय छलफल जारी छ। मतदान केन्द्र वरपरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्