राष्ट्रपति र उपराष्ट्रपतिले मतदान किन गरेनन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्रपति र उपराष्ट्रपतिले मतदान किन गरेनन् ?



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर उत्साहजनक रूपमा मतदान भइरहँदा मुलुकका दुई सर्वोच्च संवैधानिक व्यक्तित्वहरूले भने मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको संरक्षक र राष्ट्रको अभिभावकका रूपमा आफ्नो तटस्थता कायम राख्न मतदान नगरेका हुन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति संविधानको संरक्षक र साझा अभिभावक भएकाले कुनै पनि पक्षमा नझल्किने गरी तटस्थ बस्न मतदानमा सहभागी नहुने निर्णय लिइएको हो। यसअघिका निर्वाचनहरूमा पौडेलले आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिकास्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।

त्यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि संवैधानिक तटस्थता र मर्यादालाई ख्याल गर्दै मतदान नगरेको उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिएका छन्। उपराष्ट्रपति यादवले यसअघिका निर्वाचनहरूमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्