कैलालीमा मतदान गर्न जाँदै गरेका दम्पती कुटिए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कैलालीमा मतदान गर्न जाँदै गरेका दम्पती कुटिए



कैलाली । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मतदानका लागि जाँदै गरेका एक दम्पतीमाथि कैलालीमा कुटपिट भएको छ।

कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका–१ मा स्थानीय जंगबहादुर राना र उनकी श्रीमतीमाथि अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन्।

पीडित जंगबहादुर रानाका अनुसार उनीहरू आफ्नो स्कुटीमा चढेर वडा नं. १ स्थित घण्टेश्वरी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रतर्फ गइरहेका थिए। सोही क्रममा दुई जना व्यक्तिले एक्कासि बाटो छेकेर उनीहरूमाथि कुटपिट सुरु गरेका थिए।

मतदान गर्न पाउने नागरिकको नैसर्गिक अधिकार प्रयोग गर्न जाँदै गर्दा भएको यस आक्रमणले स्थानीय क्षेत्रमा केही समय त्रास फैलाएको छ।


प्रतिक्रिया दिनुहोस्