मतदानको निर्धारित समय सकियो, ५ बजेसम्म लाइनमा बसेकाले मात्र भोट हाल्न पाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मतदानको निर्धारित समय सकियो, ५ बजेसम्म लाइनमा बसेकाले मात्र भोट हाल्न पाउने



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) मतदानका निम्ति निर्धारित समय सकिएको छ।

निर्वाचन आयोगले बिहान ७:०० देखि बेलुका ५:०० बजेसम्मका लागि तोकेको समय सीमा समाप्त भएसँगै अधिकांश स्थानमा मतदान प्रक्रिया सम्पन्न भएको छ।

आयोगको नियम अनुसार बेलुका ५:०० बजेसम्म मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेका मतदाताहरूले भने आफ्नो पालो अनुसार मतदान गर्न पाउनेछन्।

दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक देशभरका अन्य १६५ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूमा मतदानको कार्य समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।

केहि स्थानमा बहिष्कार

मुलुकका अधिकांश भागमा उत्साहजनक सहभागिता देखिए पनि केही स्थानमा भने असन्तुष्टि र अवरोधका घटना सार्वजनिक भएका छन्। ओखलढुंगाको मानेभन्ज्याङमा स्थानीयले विभिन्न माग राख्दै मतदान प्रक्रिया नै बहिष्कार गरेका छन्।

त्यसैगरी, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती माध्यमिक विद्यालय र वडा नम्बर १ को जनता माध्यमिक विद्यालय केन्द्रमा पनि मतदाताहरूले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन्।

दोलखाको मालु मतदान केन्द्रमा भने मतपत्र लुटिएको र कर्मचारीमाथि हातपात भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो, जसका कारण त्यहाँको मतदान कार्य प्रभावित भयो।


प्रतिक्रिया दिनुहोस्