काठमाडौं–३ मा राजु पाण्डेको अग्रता कायमै: कुलमान घिसिङभन्दा १,३०८ मतले अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्।
सुरुवाती चरणमा अगाडि देखिएका उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पार्दै पाण्डेले नतिजा आफ्नो पक्षमा पार्ने संकेत देखाएका हुन्।
प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाका पाण्डेले ४,६४९ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित बनाएका छन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३,३४१ मतका साथ दोस्रो स्थानमा छन्। घिसिङले पाण्डेभन्दा १,३०८ मत कम प्राप्त गरेका छन्। यस क्षेत्रमा नयाँ उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धाले पुराना दलहरूलाई निकै पछाडि धकेलेको छ।
यसैगरी, प्रतिस्पर्धाको तेस्रो स्थानमा नेपाली कांग्रेसका रमेश अर्यालले १,४८९ मत प्राप्त गरी आफ्नो उपस्थिति कायम बनाएका छन्।













