भक्तपुर–२ अपडेट: महेश बस्नेतलाई पछि पार्दै रास्वपाका राजिव खत्रीकाे अग्रता
भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा भक्तपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले आफ्नो पकड बलियो बनाएका छन्।
सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका खत्रीले नेकपा (एमाले) का प्रभावशाली उम्मेदवार महेश बस्नेतलाई पछाडि पार्दै अग्रता कायमै राखेका हुन्।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका राजिव खत्रीले २,००० मत प्राप्त गरी पहिलो स्थान सुरक्षित बनाएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतलाई ७११ मतको अन्तरले पछि पारेका हुन्। बस्नेतले हालसम्म १,२८९ मत प्राप्त गरेका छन्।
यसैगरी, प्रतिस्पर्धाको तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार कविर राणा रहेका छन्। राणाले हालसम्म मात्र ९७४ मत प्राप्त गरी आफ्नो उपस्थिति कायम बनाएका छन्।













