काठमाडाैं ६ मा रास्वपाका शिशिर खनाल विजयी
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार खनालले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै जित हासिल गरेका हुन्। अन्तिम मत परिणाम अनुसार शिशिर खनाल २७ हजार ७११ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत मात्र प्राप्त गरे। खनाल र क्षेत्रीबीचको मतान्तर २१ हजारभन्दा बढी रहेको छ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटवालले २९० मत र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) ले २३१ मत पाएका छन्।













