दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश
काठमाडाैं । सर्वोच्च अदालतले ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको प्रसाईंलाई अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज थुनामुक्त गर्न आदेश दिएको हाे।
अदालतबाट पटक-पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएपनि पुनः सोही सार्वजनिक शान्ति विरूद्धको कसूरमा पक्राउ गरिएको कार्य निवेदकलाई थुनामै राख्ने उद्देश्यले अभिप्रेरित रहेको अर्थात प्रवृत्त भावनाको समरूप देखिएको आधारमा चुनालाई गैरकानूनी नै मान्नु पर्ने अवस्था रहेको र निर्वाचन बिथोल्ने आशंका गरी पक्राउ गरिएकोमा सो कार्य पनि सम्पन्न भइसकेकोले निवेदकबाट आसन्न खतराको अवस्था पनि रहेको नदेखिएकाेले उनलाई थुनामा राख्न गैरकानुनी हुने आदेशमा उल्लेख छ।
त्यस्तै, प्रसाईं विरूद्धकाे पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरिएकाे छ।













