रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी, एमालेका गौतमलाई ६ हजार ७७८ मतले हराए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी, एमालेका गौतमलाई ६ हजार ७७८ मतले हराए



रुकुमकोट । रुकुम पूर्व–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछाडि पार्दै जित सुनिश्चित बनाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गरी विजयी झण्डा गाडेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलामणि गौतमले ३ हजार ४६२ मत मात्र प्राप्त बनाएका छन्। प्रचण्ड र गौतमबीचको मतान्तर ६ हजार ७७८ रहेको छ।

यसैगरी, प्रतिस्पर्धामा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ३ हजार ८१ मतका साथ तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेकी छन्। अन्य उम्मेदवारहरूमध्ये प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २०३ र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का जुद्धबहादुर बुढामगरले १९१ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्