काठमाडौं–३ मा कुलमान घिसिङ पराजित, राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन्।
पाण्डे १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । पाण्डेले आफ्ना निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५ सय ८६ मतको अन्तरले पछाडि पार्दै जित सुनिश्चित गरेका हुन्र
सुरुवाती चरणदेखि नै अग्रता लिएका पाण्डेले अन्तिमसम्म आफ्नो प्रभाव कायम राख्न सफल भएका छन्।
कुलमान घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त बनाएका छन् भने पुराना राजनीतिक दलहरूको अवस्था यस क्षेत्रमा निकै कमजोर देखिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले केवल ३ हजार ८ सय १६ मतमा चित्त बुझाउनु परेको छ।
त्यस्तै, नेकपाका उम्मेदवार निरज लामाले ५ सय १८ मत मात्रै प्राप्त बनाएका छन्। काठमाडौं–३ को यो नतिजाले नयाँ राजनीतिक शक्तिप्रतिको जनविश्वासलाई पुनः पुष्टि गरेको छ।













