बालेन शाह ४९,६१४ मतान्तरले बिजयी
काठमाडौँ । झापा ५ बालेन्द्र शाहले ६८ हजारभन्दा बढी भोट पाएर विजयी भएका छन् । उनले ६८,३४८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८,७३४ मत पाएका छन् । ओली र बालेन दुबै जना अब बन्ने प्रधानमन्त्रीका रुपमा सम्बन्धित दलहरुले अघि सारेका अनुहार हुन् ।
त्यसैले यस पल्टको चुनावमा यो क्षेत्रलाई देशकै ‘इपिसेन्टर’ मानिएको थियो ।
उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ्गले ९,२३३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । नेपाली काँग्रेसकी उमेदवार मंधरा चिमरियाले १,८२१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लक्ष्मीप्रसाद संग्रौला १,५३६ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १,४६१ र जनमत पार्टीका अमृतलाल महतोले २९६ मत पाएका छन् । अरु १७ जना उमेदवारले ३ देखि २०४ भोटसम्म प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।













