३ पटक बैतडीबाट जितेका एमालेका दामोदर भण्डारी तेस्रो, रास्वपाका भण्डारी निर्वाचित  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३ पटक बैतडीबाट जितेका एमालेका दामोदर भण्डारी तेस्रो, रास्वपाका भण्डारी निर्वाचित 



बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २२ हजार १३४ मत ल्याएर विजयी भएका हुन्  । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका थिए । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा पुगेका छन् । उनले १७ हजार ९१ मत ल्याएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्