सुनसरी-१ मा हर्कराज साम्पाङ ८ हजार ४९२ मतान्तरले विजयी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनसरी-१ मा हर्कराज साम्पाङ ८ हजार ४९२ मतान्तरले विजयी



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ८ हजार ४९२ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । साम्पाङ र तामाङबीचको मतान्तर रहेको छ ।

यस निर्वाचनमा अन्य प्रमुख दलका उम्मेदवारहरू निकै पछि परेका छन् । नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मतमा चित्त बुझाउनु परेको छ ।


प्रतिक्रिया दिनुहोस्