नेपाल वायुसेवाको दुबई उडान सुचारु: रोकिएका यात्रुले टिकट पुन: प्रमाणीकरण गरी यात्रा गर्न पाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल वायुसेवाको दुबई उडान सुचारु: रोकिएका यात्रुले टिकट पुन: प्रमाणीकरण गरी यात्रा गर्न पाउने



काठमाडौं । खाडी मुलुकमा चर्किएको द्वन्द्वका कारण प्रभावित भएको हवाई उडान क्रमशः सुरु हुन थालेको छ।

यसै क्रममा नेपाल वायुसेवा निगम (नेवानि) ले बुधबारदेखि काठमाडौं-दुबई रुटमा पुनः उडान सुरु गर्ने भएको छ। सुरक्षा कारणले निगमले गत २८ फेब्रुअरीयता यस रुटमा उडान गर्न सकेको थिएन।

गत २८ फेब्रुअरीदेखि ९ मार्चसम्मका लागि टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुहरूले बुधबारको उडानमा सहभागी हुन पाउनेछन्। यसका लागि यात्रुहरूले अनिवार्य रूपमा आफ्नो टिकट पुन: प्रमाणीकरण गराउनुपर्ने निगमले जनाएको छ। प्रमाणीकरण गरिएका यात्रुहरूलाई मात्र विमानस्थल जान सूचित गरिएको छ।

निगमका अनुसार सिटको उपलब्धताका आधारमा पहिलेदेखि रोकिएका यात्रुहरूलाई पहिलो प्राथमिकता दिँदै सेवा उपलब्ध गराइनेछ। यात्रुहरूले निगमको आधिकारिक इमेल ठेगानामा आफ्नो टिकट पठाएर प्रमाणीकरण प्रक्रिया पूरा गर्न सक्ने सुविधा दिइएको छ।

बुधबारको उडानपश्चात् निगमले जारी गर्ने पछिल्लो सूचनाका आधारमा अन्य नियमित उडानहरू सञ्चालन हुनेछन्।


प्रतिक्रिया दिनुहोस्