हिमालयन पावर पार्टनरले हकप्रद शेयर बिक्री गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ बराबरको १:०५ अर्थत १ कित्ता बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।
हकप्रद बिक्रीका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन २५ गते अनुमति पाइसकेको थियो । बिक्री सुरु मिति भने तोकिएको छैन ।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि चैत १० गते बुक क्लोज मिति समेत तोकेको छ ।
















