राष्ट्र बैंकले खारेज गर्यो एउटा मनीचेञ्जरको लाइसेन्स
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एउटा मनी चेञ्जर कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ ।
चैत १ मा राष्ट्र बैंकको विराटनगर कार्यालयले सूचना जारी गर्दै यस्तो बताएको हो ।
केन्द्रीय बैंकले झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मा रजिस्टर्ड कार्यालय रहेको सुविधा मनीचेञ्जर प्रा.लि.को इजाजत रद्द गरिएको बताएको छ ।
यो कम्पनीले कानून बमोजिम तोकिएको समयमा नवीकरण नगरेको भनेर खारेजी गरिएको हो ।













