रास्वपाबाट सांसद सिफारिस भएपछि लीमा अधिकारीले निफ्राकाे सञ्चालक समितिबाट दिइन् राजीनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रास्वपाबाट सांसद सिफारिस भएपछि लीमा अधिकारीले निफ्राकाे सञ्चालक समितिबाट दिइन् राजीनामा



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य लिमा अधिकारीले बैंकबाट बिदा लिएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि उनले सोमबार सञ्चालक पदबाट राजीनामा दिएकी हुन्।

रास्वपाकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी अधिकारी अब व्यावसायिक क्षेत्र छाडेर सक्रिय राजनीति र संसदीय भूमिकामा देखिने निश्चित भएको छ। रास्वपाले उनलाई सांसद बनाउने निर्णय गरेसँगै उनले बैंकको जिम्मेवारी त्यागेकी हुन्।

निफ्रामा साढे ४ वर्षदेखि सञ्चालकका रूपमा क्रियाशील अधिकारी गत मंसिर २३ को सातौँ वार्षिक साधारणसभाबाट मात्रै दोस्रो कार्यकालका लागि सर्वसम्मत चुनिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्