शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना, एक जना घाइते - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना, एक जना घाइते



काठमाडाैं । खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको ‘९–एनएफक्यू’ कलसाइनको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

बुधबार दिउँसो करिब १२ बजे भएको उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार ६ जनामध्ये एकजना घाइते भएका छन्। घाइते हुनेमा काजीकुमार राई रहेका छन्। उनलाई थप उपचारका लागि अर्कै हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। अन्य यात्रुहरू भने सुरक्षित रहेका छन्।

हेलिकोप्टर सुरुमा बारीको डिलमा अवतरण (ल्यान्ड) गर्न खोजेको थियो। सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा भित्तामा ठोक्किएर दुर्घटना भएको बताइएकाे छ।


प्रतिक्रिया दिनुहोस्