दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार



काठमाडौं । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।

आज बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उहाँले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्