यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी चैत २६ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर बिक्री गर्न लागेको हो।
यस निष्काशन अन्तर्गत इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर जारी गर्नेछ। यसको अर्थ, साविकका शेयरधनीहरूले आफूसँग भएको प्रत्येक १०० कित्ता शेयर बराबर थप १० कित्ता नयाँ शेयरका लागि आवेदन दिन सक्नेछन्।
यस हकप्रद शेयरमा सहभागी हुनका लागि कम्पनीले फागुन १७ गते ‘बुकक्लोज’ गरिसकेको छ। जसका कारण फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रद भर्न पाउनेछन्। इच्छुक र योग्य शेयरधनीहरूले २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने म्याद तोकिएको छ।
















