बुद्धभूमि हाइड्रोपावरको हकप्रद शेयर चैत २२ गतेदेखि बिक्री गर्ने
काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले चैत २२ गते देखि हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१:१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
हकप्रद शेयरका लागि भने कम्पनीले बुक क्लोज गरिसकेको छ । नेप्सेमा २९ गतेसम्म कायम रहेका शेयर धनीले मात्र उक्त हकप्रद शेयरमा भाग लिन पाउने छन् ।
हकप्रद शेयरमा चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म आवेदन दिन समय दिइएको छ ।
हकप्रद शेयर बिक्री पछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।
















