हावाहुरीले विद्युत् सर्ट भएपछि लमही सब-स्टेसनमा आगलागी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हावाहुरीले विद्युत् सर्ट भएपछि लमही सब-स्टेसनमा आगलागी



काठमाडाैं । दाङको लमहीस्थित नेपाल विद्युत् प्राधिकरणको सब-स्टेसनमा बिहीबार दिउँसो आगलागी भएको छ। हावाहुरीका कारण विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

लमहीस्थित १३२ केभी क्षमताको उक्त सब-स्टेसनमा दिउँसो करिब १:३० बजे अचानक आगो सल्किएको थियो। आगलागी सब-स्टेसनको मुख्य भाग मानिने कन्ट्रोल हाउस बाट सुरु भएको थियो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार आगलागी भएलगत्तै दमकल र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेका थिए। जसका कारण सब-स्टेसनमा हुन सक्ने ठूलो भौतिक क्षति जोगिएको छ।


प्रतिक्रिया दिनुहोस्