हिजाेदेखि परेको वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरूद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिजाेदेखि परेको वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरूद्ध



काठमाडाैं । वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (पूर्व) को दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहानैदेखि विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारको ६४ मोडमा सडक मर्मत भइरहेको स्थानमा अत्यधिक हिलो र चिप्लो भएपछि यातायात आवागमन रोकिएको हो।

शुक्रबारदेखि नै प्रभावित बनेको यो सडकखण्डमा आजको वर्षाले थप समस्या निम्त्याएको प्रहरीले जनाएको छ। सडक विस्तारका क्रममा खनिएको माटो भिजेर सवारी साधनहरू चिप्लिने र अड्किने समस्या देखिएपछि राजमार्गको दुवैतर्फ सवारीको लामो लाइन लागेको छ।

बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणघाट–बुटवल सडक योजनाले आजदेखि चैत ८ गतेसम्मका लागि रातिको समयमा ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

यद्यपि, यात्रुवाहक बस र एम्बुलेन्स लगायतका आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा गन्तव्यतर्फ पठाइनेछ।


प्रतिक्रिया दिनुहोस्