८ श्रावण २०८३, शुक्रबार

बैंकमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज ५० अर्ब नगद तान्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ८ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत उक्त रकम तान्न (संकलन गर्न) लागेको हो ।

यस निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै (चैत ८ गते) गरिनेछ र यसको अवधि १४ दिनको रहनेछ ।
संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते तोकिएको छ । यो बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

सूचना अनुसार इच्छुक संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन् । यसको ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्