लगातार तेस्रो दिन सेयर बजारमा उछाल: ५४.५१ अंकले बढ्याे नेप्से, साढे २३ अर्ब बढीकाे काराेबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लगातार तेस्रो दिन सेयर बजारमा उछाल: ५४.५१ अंकले बढ्याे नेप्से, साढे २३ अर्ब बढीकाे काराेबार



काठमाडौं । लगातार तेस्रो दिन सेयर बजारमा उत्साह देखिएको छ। आइतबार नेपाल स्टक स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.५१ अंकले बढेको छ।

यसदिन १.८९ प्रतिशतले बढेको सेयर बजार मापक नेप्से परिसूचक २९ सय ३१ दशमलव ५५ बिन्दुमा रोकिएको छ। गत बिहिबार नेप्से ६४ दशमलव ६७ अंकले बढेर २ हजार ८७७ दशमलव ०२ विन्दुमा रोकिएको थियो ।

आज सबै समुह बढेकोमा माइक्रोफाइनान्स सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ। यस्तै होटल तथा पर्यटन ३.०५, निर्जिवन २.७२, बैंकिङ समुह २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३ र जीवन बीमा समुहको उपसूचक २ प्रतिशतले बढेको छ।

नेप्से परिसूचकसँगै यसदिन कारोबारमा उछाल आएको छ। आज ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रूपैयाँमा कारोबार भएको छ।

अघिल्लो कारोबार दिन ३४२ कम्पनीका ५ करोड ६९ लाख कित्ता शेयर २१ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज १८३ कम्पनीकाे सेयर मूल्य बढ्दा ६ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै होटल फरेस्ट इन, विजय लघुवित्त र एनआइसी एसिया लघुवित्तको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेको छ।


प्रतिक्रिया दिनुहोस्