१४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्यमा उच्च दरको वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्यमा समेत उच्च दरले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४१५ रुपैयाँले बढेको छ । 

मंगलबार प्रतितोला ४ हजार ५०४ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्