मोरङ उद्योग व्यापार संघद्वारा महासंघको चुनाव प्रचार प्रसार टोलीसँग भेटघाट तथा छलफल
काठमाडौं । मोरङ उद्योग व्यापार संघले नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचार प्रसार टोलिका सदस्यहरुसँग भेटघाट तथा छलफल गरेको छ।
मोरङ उद्योग व्यापार संघमा आएका महासंघको चुनाव प्रचार प्रसार अन्तर्गतका महासंघका विभिन्न प्रदेश अध्यक्षहरु, केन्द्रीय सदस्यहरु, उद्योग वाणिज्य संघका अध्यक्षहरु सहितको टोलीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको हो ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका अध्यक्ष राठी सहित निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायत संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले उक्त टोलीलाई स्वागत गरे।
सो भेटघाट तथा छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका उम्मेदवारहरुलाई सफलताका लागि शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघमा उत्तरदायी, अनुभवी तथा क्षमतावान नेतृत्वका लागि संघले हरप्रकारले साथ, सहयोग एवम् समर्थन गर्दै आएको जानकारी गराइएको
थियो ।













