रास्वपा संसदीय दलको नेतामा बालेन सर्वसम्मत चयन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रास्वपा संसदीय दलको नेतामा बालेन सर्वसम्मत चयन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह सर्वसम्मत रूपमा चयन भएका छन्।

घण्टीघरस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेतृत्व सुम्पिने निर्णय गरेको हो।

पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको नेता बनाउन राखेको प्रस्तावलाई बैठकले बिना अवरोध अनुमोदन गरेसँगै उनलाई देशको भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने वैधानिक बाटो समेत प्रशस्त भएको छ।

केन्द्रीय समितिबाट शाहको नाम पारित भएसँगै अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्