अमरेस कुमार सिंह उद्योग मन्त्री बन्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमरेस कुमार सिंह उद्योग मन्त्री बन्ने



काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा अमरेस कुमार सिंहले पनि स्थान पाउने भएका छन् । स्रोतका अनुसार उनलाई उद्योग मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको छ ।

हालै फागुन २१ मा सम्पन्न निर्वाचनमा सिंहले सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै सानदार जित हासिल गरेका थिए ।

राजनीतिक पृष्ठभूमिमा अनुभवी सिंह वि.सं. २०७० र २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । यद्यपि, २०७९ को निर्वाचनमा भने उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएर सांसद चुनिएका थिए ।


प्रतिक्रिया दिनुहोस्