को को बने मन्त्री ? हेर्नुस्, कसको वरियता माथि ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

को को बने मन्त्री ? हेर्नुस्, कसको वरियता माथि ?



काठमाडौँ । बालेन क्याबिनेटमा १५ जना मन्त्री बनेका छन् । प्रधानमन्त्रीले सपथ लिइसकेपछि बाँकी १४ मन्त्रीले पनि राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपालको संविधानले २५ सदस्यीय मन्त्री परिषण गठन गर्ने सुविधा दिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो चरणमा १५ सदस्यीय मन्त्री परिषद गठन गरेको छ ।

नयाँ क्याबिनेटमा प्रधानमन्त्रीले आफ्नो प्रधानमन्त्री कार्याmलयबाहेक दुई मन्त्रालयको जिम्मेवारी लिएका छन् । त्यसपछि सुनिल लम्साल, सस्मीत पोखरेल, नीशा मेहता, प्रतिभा रावल र गिता चौधरीले २–२ मन्त्रालय सम्हाल्ने भएका छन् ।

सपथ सकिएपछि प्रधानमन्त्री र मन्त्रीहरु सिंहदरबार पुगेर कार्यभार ग्रहण गर्ने छन् ।

बालने सरकारमा कसैलाई पनि उपप्रधानमन्त्री बनाइएको छैन ।

यस्तो छ मन्त्री परिषद

१. बालेन्द्र शाह : प्रधानमन्त्री (रक्षा / उद्योग वाणिज्य तथा आपूर्ति)
२. डा. स्वर्णिम वाग्ले : मन्त्री (अर्थ)
३. सुधन गुरुङ : मन्त्री (गृह)
४. शिशिर खनाल : मन्त्री (परराष्ट्र)
५. सुनिल लम्साल : मन्त्री (भौतिक पूर्वाधार तथा यातायात / शरही विकास)
६. विराजभक्त श्रेष्ठ : मन्त्री (ऊर्जा, जलस्रोत तथा सिंचाई)
७. खड्गराज पौडेल : मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
८. सस्मित पोखरेल : मन्त्री (शिक्षा, विज्ञान तथा प्रविधि / युवा तथा खेलकुद)
९. नीशा मेहता : मन्त्री (स्वास्थ्य तथा जनसंख्या / खानेपानी)
१०. डा. विक्रम तिमल्सिना : मन्त्री (सञ्चार तथा सूचना प्रविधि)
११. प्रतिभा रावल : मन्त्री (संघीय मामिला तथा सामान्य प्रशासन / भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण)
१२. सोविता गौतम : मन्त्री (कानून, न्याय तथा संसदीय मामिला)
१३. गिता चौधरी : मन्त्री (कृषि तथा पशुपंक्षी विकास / वन तथा वातावरण)
१४. दीपककुमार शाह : मन्त्री (श्रम, रोगजार तथा सामाजिक सुरक्षा)
१५. सीता बादी : मन्त्री (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)


प्रतिक्रिया दिनुहोस्