यी हुन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यी हुन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण चार निर्णयहरू गरेको छ।

सिंहदरबारमा बसेको बैठकले विशेषगरी युवा पुस्ताको ‘जेनजी’ आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन र शासकीय सुधारलाई प्राथमिकतामा राखेको छ ।

बैठकले जेनजी आन्दोलनका साथै मुलुकका विभिन्न कालखण्डमा भएका आन्दोलनका ज्ञात-अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

यस्तै यस्तै, सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई दिने निर्णय भएको छ।

प्रशासनिक चुस्तता र सुशासनका लागि मन्त्रिपरिषद्ले ‘सरकारको शासकीय सुधारका १०० कार्यसूची’ स्वीकृत गरेको छ। यी कार्यसूचीहरू भोलिसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ।

यस्तै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्