सम्पर्कविहीन भएको मुस्ताङ एयरकाे हेलिकोप्टर सकुशल भेटियाे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सम्पर्कविहीन भएको मुस्ताङ एयरकाे हेलिकोप्टर सकुशल भेटियाे



काठमाडौं । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको मुस्ताङ एयरकाे हेलिकोप्टर सकुशल फेला परेको छ।

हेलिकोप्टर दोलखाको लाप्ची गुम्बा नजिक सकुशल फेला परेको र हेलिकोप्टरमा सवार चालकसहित ६ जना नै सुरक्षित रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए ।

काठमाडौंबाट बिहान दोलखातर्फ उडेको ‘९एन–एएनओ’ कलसाइनको उक्त हेलिकोप्टर दिउँसो साढे १ बजेदेखि चरिकोट क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।


प्रतिक्रिया दिनुहोस्