ओली-लेखक पक्राउबारे एमाले सडकमा, काँग्रेस पनि विरोधमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ओली-लेखक पक्राउबारे एमाले सडकमा, काँग्रेस पनि विरोधमा 



काठमाडौँ । शनिवार बिहानै पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा नेकपा एमाले सडकमा निस्किएको छ । 

सरकार गठन भएकै दिन मन्त्रीपरिषद्को निर्णयको आधारमा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई पक्राउको विरोधमा एमालेले आज दिउसो ३ बजे माइतीघरबाट नाराबाजी गरेको छ । 

शनिवार एमाले कार्यकर्ताले सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले लाठी प्रहार गरेको छ । एमालेले ओली पक्राउ राजनीतिक प्रतिशोधपूर्ण भएको भन्दै भोलिदेखि देशव्यापी सडक आन्दोलन चलाउने भएको छ । 

ओली र लेखक पक्राउबारे नेपाली काँग्रेसले पनि विरोध गरेको छ । 

काँग्रेसको संसदीय सचेतना कार्यक्रमको लागी बसेको बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सरकार पूर्वाग्रही भएको बताए ।

चालिसेले भदौ २३ गतेको अन्दोलन मात्र देख्ने सरकाले २४ गतेको विध्वंसबारे केही नबोलेको आरोप लगाए । सरकार सेलेक्टिभ भएको प्रवक्ता चालिसेको आरोप थियो । 

काँग्रेसले सडक आन्दोलन नगरे पनि भदौ २४ को घट्नाको दोषीलाई पनि कारबाही गर्नुपर्ने माग राखेको छ । 

नेकपा एमालेले बिहानै सचिवालय बैठक बसेर सडक, सदन र अदालतबाट कानुनी लडाइँ लड्ने बताएको थियो । एमाले सचिव महेश बस्नेतले आन्दोलनको क्रममा गिरफ्तार परेका आफ्ना कार्यकर्ताको रिहाइ तथा घाइतेको उपचारको लागी माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्