पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण र स्काउट जग्गा विवादमा अनुसन्धान सुरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण र स्काउट जग्गा विवादमा अनुसन्धान सुरु



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) ले उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको हो।

खड्का लामो समयदेखि लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा मुछिएका थिए। स्काउटको करोडौँ मूल्य बराबरको जग्गा र भौतिक संरचना कब्जा गरेको आरोप उनीमाथि लाग्दै आएको थियो।

यसका साथै, गत जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा घरबाट पैसा उडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियो र उनीसँग भएको सम्पत्तिको स्रोतका बारेमा प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको सीआईबी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्