प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयलाई पूर्णता दिने क्रममा दुई महत्त्वपूर्ण नियुक्ति गरेका छन्।
प्रधानमन्त्री शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका हुन्।
नवनियुक्त दुवै सल्लाहकारहरू प्रधानमन्त्री शाहका अत्यन्तै निकट र विश्वासपात्र सहयोगी मानिन्छन्। कुमार र असीमले बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै उनको योजना र व्यवस्थापनमा पर्दा पछाडि बसेर महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए।













