ओलीलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश जारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ओलीलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश जारी



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हिरासत मुक्त गर्न सर्वोच्च न्यायालयले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले सोमबार ओली पक्राउ विरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै तत्काल रिहा नगर्ने निर्णय गरेको हो । बरु अदालतले उनलाई पक्राउ गर्नुको कारण पेस गर्न भनेर सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेपछि ओली कम्तिमा अर्को एक दिन गुण्डुस्थित आफ्ना वास्ीथान जान नपाउने भएका हुन् ।

अध्यक्ष ओलीकी भर्मपत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्