काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ



काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा रिजाललाई समेत दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको थियो।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गरेको गम्भीर आरोप उनीमाथि लागेको छ।

आन्दोलनमा भएको दमन र हिंसात्मक परिस्थितिपछि विवादमा तानिएका कारण रिजाल प्रमुख जिल्ला अधिकारीको पदबाट एक महिना नपुग्दै बाहिरिनु परेको थियो।

सोही प्रतिवेदनको कार्यान्वयनका क्रममा प्रहरीले यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गत शनिबार पक्राउ गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्