बैंक खाताबाट ग्राहकको पैसा चोरेको आरोपमा इन्भेष्टमेन्ट मेगा बैंककी कर्मचारी पक्राउ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक खाताबाट ग्राहकको पैसा चोरेको आरोपमा इन्भेष्टमेन्ट मेगा बैंककी कर्मचारी पक्राउ



काठमाडाैं । ग्राहकको खातामा रहेकाे पैसा हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी एक कर्मचारी पक्राउ परेकी छन् ।

ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनलाई पक्राउ गर्नका लागि बैंकले नै उजुरी दिएपछि प्रहरीले बानियाँलाई नियन्त्रणमा लिएको हो।

बानिया उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की स्थानीय हुन् । ग्राहकको पैसा हिनामिना गरेको आरोपपछि प्रहरीले उनसँग प्रारम्भिक बयान लिएको थियाे । प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको प्रहरीले जनाएकाे छ।

हिरासतमा रहेकी आरोपित कर्मचारी माथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्