ओली र लेखकको मुद्दा ‘हेर्दाहेर्दै’ मा, किन अनिर्णित देखिँदै छ अदालत ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ओली र लेखकको मुद्दा ‘हेर्दाहेर्दै’ मा, किन अनिर्णित देखिँदै छ अदालत ?



काठमाडौँ । यसअघि रवि लामिछानेको मुद्दा चार दिनसम्म ‘हेर्दाहेर्दै’ मा रहेपछि अन्तिममा ‘थप प्रमाण झिकाउने’ भनेर आदेश गरेको सर्वोच्च अदालतले अहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको वन्दीप्रत्याक्षीकरण मुद्दालाई पनि ‘अनिर्णित’ हालतमै छाडिदिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।

केपी शर्मा ओलीको हकमा उनी पत्नी राधिका शाक्य र रमेश लेखकको हकमा उनकै श्रीमती यशोदा लेखकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाएर हालेको निवेदनमा अदालतले कुनै पनि आदेश र फैसना नदिएर भोलि पनि क्रमश: सुनुवाई जारी राख्ने गरी बहस टुंग्याएको छ ।

यस विषयलाई लिएर सामाजिक सञ्जालमा अदालतको ‘कार्यक्षमता माथि नै प्रश्न उठाइएका ‘पोस्ट’हरु देख्न सकिन्छ ।

एक जना पत्रकार जगन्नाथ दुलालले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘कि हाम्रा न्यायाधीशसँग योग्यैतै छैन । कार्यक्षमतामा गम्भीर समस्या छ ।
कि न्यायपालिका सेल्फसेन्सरसिप मा छ ।’

न्यायालय आफै अनिर्णयको बन्दी बनेको भन्दै उनले अदालतको न्याय निरुपण गर्ने सामर्थ्यमाथि प्रश्न उठाएका छन् । उनले आज कानून र विवेकका आधारमा फैसला गर्दा अपजसको भारी बोक्नुपर्ने र भविष्यमा आफ्नो वृत्ति विकासमा समेत असर पर्ने त्रासबाट न्यायाधीशहरु प्रभावित रहेको हुनसक्ने उनले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्