एशोसिएट्स उपाध्यक्ष ज्योत्सना समूहको १९ उम्मेदवार टुङ्गियो, यी हुन् उम्मेदवारहरू - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना समूहको १९ उम्मेदवार टुङ्गियो, यी हुन् उम्मेदवारहरू



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका छन् । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासङ्घको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका हुन् । 

ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर पारेर महासङ्घ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएका थिए । महासङ्घको एशोसिएट्सतर्फको कुल १९ सदस्यका लागि बाँकी ३ जना सदस्यले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनाश बोहरा, अम्बिका शर्मा लामिछाने, वटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिम्सिना, शोभा ज्ञवाली, सन्दीप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाईँ र सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले उम्मेदवारी दिएको दर्ता गराएका हुन् ।

यसै गरी उम्मेदवारीसँगै उपाध्यक्षका प्रत्याशी ज्योत्सना श्रेष्ठले आफ्नो समूह एकदमै सशक्त रहेको र सम्पूर्ण टिमकै जीत सुनिश्चित रहेको बताइन् । ‘हामीले सबै क्षेत्रका उद्योगी व्यवसायीलाई समावेश गरी टिम निर्माण गरेका छौँ,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्