७२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?



काठमाडौं । आज सुनको मूल्य उच्च दरले बढेको छ । आज सुन तोलामा ७२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महसंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि उच्च दरले वृद्धि भएको छ । आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्