मुद्दा नचल्ने भएपछि आजै हिरासतमुक्त हुँदै ओली-लेखक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुद्दा नचल्ने भएपछि आजै हिरासतमुक्त हुँदै ओली-लेखक



काठमाडाैं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुने भएका छन् । भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेका ओली र लेखकलाई आज छोड्न लागिएको हाे ।

‘जेन्जी आन्दोलन’का क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार पक्राउ परेका नेताहरूविरुद्ध मुद्दा दर्ता गर्न पर्याप्त कानुनी आधार र ठोस प्रमाण फेला नपरेकाले उनीहरूलाई हिरासतमा राखिरहनु नपर्ने निष्कर्ष निकालिएको हो।

सर्वोच्च अदालतले यसअघि नै उनीहरूविरुद्ध कि त मुद्दा दायर गर्न, नभए चैत २६ गतेभित्र रिहा गर्न आदेश जारी गरेको थियो। प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीच भएको पछिल्लो छलफलमा तत्काल मुद्दा दायर नगर्ने सहमति जुटेको छ।

सोही सहमति र अदालतको समयसीमालाई मध्यनजर गर्दै आजै उनीहरूलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस्