निषेधित क्षेत्रमा हेलिकप्टर उद्धार उडानको प्रक्रिया सहज, अब तत्काल उद्धार गर्न पाइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निषेधित क्षेत्रमा हेलिकप्टर उद्धार उडानको प्रक्रिया सहज, अब तत्काल उद्धार गर्न पाइने



काठमाडौँ । नेपालका निषेधित क्षेत्रहरूमा हेलिकप्टरमार्फत गरिने उद्धार उडानको प्रक्रिया अब सहज र छिटो छरितो हुने भएको छ । वायुसेवा सञ्चालक संघ, नेपालले विगत लामो समयदेखि झेल्दै आएको कानुनी र प्रक्रियागत अड्चन हटेको जानकारी दिँदै यसको स्वागत गरेको छ ।

विगतका वर्षहरूमा निषेधित क्षेत्रमा उडान भर्नुअघि पूरा गर्नुपर्ने लामो कागजी प्रक्रियाका कारण स्वदेशी नागरिक तथा बिरामी पर्यटकहरूको समयमै उद्धार हुन सकेको थिएन । सदस्य वायुसेवा कम्पनीका हेलिकप्टरहरूले अनुमति पर्खिँदा समयमै सेवा दिन नसक्ने अवस्थालाई मध्यनजर गर्दै संघले मिति २०८२।१२।१७ मा माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै पत्राचार गरेको थियो ।

गृहमन्त्रीको विशेष पहलकदमीमा गृह मन्त्रालयमा भएको छलफलपछि, अब निषेधित क्षेत्रमा हेलिकप्टरमार्फत गरिने उद्धार उडानलाई ’निषेधित क्षेत्र हेलिकप्टर उडान सम्बन्धी कार्य प्रक्रिया २०७५’ को बुँदा नं ५ बमोजिम सञ्चालन गर्ने निर्णय भएको छ। ृ१े यो व्यवस्था अनुसार अब तत्काल उद्धार कार्य गरी सोको जानकारी पछि गृह मन्त्रालयलाई गराउन सकिनेछ।

यस निर्णयबाट उद्धार उडान छिटो छरितो भई मानविय क्षति कम हुने विश्वास लिइएको छ । प्रक्रिया सहज बनाइदिएकोमा संघका प्रवक्ता मुरलीधर जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र गृह मन्त्रालयप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्